जेठ २ गाेरखा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृ शोक परेको छ ।शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० बर्षको उमेरमा शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही समयदेखी अस्वस्थ्य रहनुभएका शर्माको शनिबार नै परम्परा अनुसार नारायणी नदी किनारााम अन्तिम संस्कार गरिएकाे महासंघका उपाध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।