Home Breaking News अस्पताललाइ दिएकाे अक्सिजन सिलिण्डर एमाले साँसद गँगा चाैधरीकाे घरमा भेटियाे

अस्पताललाइ दिएकाे अक्सिजन सिलिण्डर एमाले साँसद गँगा चाैधरीकाे घरमा भेटियाे

आइतवार, जेष्ठ २, २०७८
0
286

दाङ । सरकारले भर्खरैमात्र चीनबाट ल्याएका निलाे रङका अक्सिजन सिलिण्डर देशभरीका विभिन्न अस्पतालमा पठाएकाे थियाे । लमही अस्पतालका लागि पठाइएका सिलिण्डर  राष्ट्रवादी छवि बनाएकी एमाले नेतृ तथा संघीय सांसद गंगा चौधरीले  आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ज्ञानेन्द्र शाहीले भेटाएका छन

शाहीकाे टाेलिले घरमा अक्सिजन सहितकाे सिलिण्डर भेटाएपछि प्रहरिकाे सहयाेगमा आज मात्रै लमही  अस्पताल पुर्याएको छ । राष्ट्रवादी बनेर चर्चामा रहेकी चाैधरीलाइ किन घरमा राख्नु भयाे अस्पतालमा राख्ने अक्सिजन सिलिण्डर भन्ने प्रश्नमा आपतकालिन उद्धारका लागि केही थान राखेकाे उनले बताइन ।

NO COMMENTS