गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिका क्षेत्रमा आएकाे पहिराेका कारण पिडित भएका नागरिकहरुका घर गाउँमा नेकपा प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ पुगेका छन् । पालुङटार वडा नम्बर २ मा ६ घर पूर्ण विस्थापित र ४९ घरधुरी जाेखिम भइ अन्यन्त्र बसाेबास गरिरहेका वडा अध्यक्ष लाेकनाथ वाग्लेले बताए ।
पहिराेले विस्थापित भएका नागरिकहरु चिसाे भुइँमा आकाशलाइ नै छानाे मानेर बसिरहेका बेला श्रेष्ठ त्रिपाल र कम्मल सहित पुगेका हुन् । नेता श्रेष्ठ पुगेर सहयाेग गरेपछि गाउँमा भगवान प्रकट भएकाे आभाष भएकाे स्थानीयहरुले बताएका छन् ।
वडा तहमा प्रकाेपका समय दिने सामग्री नभएकाे र पालिकाबाट आएकाे सामग्री सबैलाइ पुर्याउन नसकिएका कारण नेताकाे सहयाेग लिनु परेकाे गाउँलेहरुकाे भनाइ छ ।
सामाजिक सँघ सँस्थाहरुलाइ अनुराेध गरिएपनि समयमै सामग्री प्राप्त नभएकाे वडा कार्यालयले जनाएकाे छ । नगरपालिकाले प्रकाेपग्रस्त क्षेत्रमा वडाकाे समन्वयमा मात्र एकद्वार प्रणालीबाट पीडितलाइ अत्यावश्यक सामन वितरण गर्न यस अघि नै सञ्चार गरेकाे पालुङटार नगरपालिका उप प्रमुख पम्फा बसेलले बताइन ।