Home Breaking News चारतले भवनमा बस्न मानेनन् गाेरखाका सुकुम्वासी

चारतले भवनमा बस्न मानेनन् गाेरखाका सुकुम्वासी

शनिबार, साउन २, २०७८
0
424

बाढी,पहिराेका कारण आफूहरु बसिरहेकाे स्थान जाेखिममा परेपछि सुकुम्बासी भएका गाेरखाका २४ घर परिवारले चारतले गगनचुम्बी भवनमा बस्न अस्वीकार गरेका छन् । सुकुम्बासि हाैँ अग्लाे भवनमा बसेर के गर्नु ? हामीलाइ दैनिकि चलाउने जमिन सहितकाे घर चाहिन्छ सुकुम्बासी मध्येका एकले भने ।

दिनभरी अफिसमा काम गरेर बासका लागि आउनेलाइ भवनले काम दिए पनि राेजगार नहुनेलाइ बास बस्नका लागि धाएर आउनुपर्ने भएकाले एकै ठाउँमा धेरै परिवार सुकुम्बासी बस्दा झनै समस्या हुने उनीहरुले बताएका हुन् । चारतले भवनमा भित्र बस्ने खानेकुराका लागि सडकमा माग्नुपर्ने अवस्था आयाे भने राम्राे भएन नी उनीहरुले भने ।

पालुङटार नगरपालिका वडा नम्बर ७ आलेवरमा पुन: निर्माण प्राधिकरणले २४ परिवार सुकुम्बासीका लागि भन्दै ३ वटा भवन निर्माण गरिररहेकाे छ । सुकुम्वासिहरु बस्न नमाने भवनलाइ बहुउदेश्यीय प्रयाेजनका लागि प्रयाेग गर्ने वा कृषि क्याम्पसका लागि दिने भन्ने बारेमा सामान्य छलफल चलिरहेकाे पालुङटार नगरपालिका स्राेतले जनाएकाे छ ।

NO COMMENTS