Home Breaking News घट्टेखोलाले बगाउँदा ३० वर्षिय विजय गुरुङ बेपत्ता

घट्टेखोलाले बगाउँदा ३० वर्षिय विजय गुरुङ बेपत्ता

आइतवार, साउन ३, २०७८
0
271

साउन ३, गाेरखा । गोरखामा दिदी लिन गएका एक युवकलाई खोलाले बगाएर बेपत्ता बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा काठे पुलबाट खसेर चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाका ३० वर्षीय विजय गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ । ठाडो खोलामा रहेको पुलबाट खसेर गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दिदीको घरबाट दिदीलाई ल्याउने क्रममा शुक्रबार राति अन्दाजी ११ बजे गुरुङ पुलबाट खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा शनिबार बिहानदेखि खटिएको प्रहर टोलीले खोजतलास जारी राखेको र घटना बारे अनुसन्धान गरिरहेको गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।

NO COMMENTS