Home Breaking News पाेखरीमा डुबेर१३ वर्षिय बालिकाकाे मृत्यु, हराएकी महिला हात्तिसार फाँटमा भेटिइन

पाेखरीमा डुबेर१३ वर्षिय बालिकाकाे मृत्यु, हराएकी महिला हात्तिसार फाँटमा भेटिइन

मङ्लबार, साउन ५, २०७८
0
314

साउन, ५ गाेरखा । गोरखाको पालुङटार नगरपालिका–८, स्थित मुलाबारीमा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । स्थानीयबासी बुधबहादुर नेपालीकी छोरी १३ बर्षकी ऋचा नेपालीको पोखरी डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

स्थानीय रनबहादुर गुरुङले सिंचाईका लागि निर्माण गरेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । आफ्नै खेतमा रोपाई गरेर फर्कदै गरेका बेला हातखुट्टा धुन पोखरीको छेउमा पुगेकी नेपाली एक्कासी चिप्लिएर पोखरी खसेको प्रहरीको भनाई छ ।

घटना दिउँसो करिब १ बजेको समयमा भएको डिएसपी दाहालले बताए । पोखरीमा डुबेको अबस्थामा उद्धार गरिएकी बालिकालाई उपचारका लागि धुवाँकोट प्राथामिक स्वास्थ्य चौकीमा पुर्याइएकाे थियो । ऋचाको उपचारका क्रममा करिब  २: ३० बजे मृत्यु भएको हाे । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर १ की ४८ वर्षकी सुकमाया मग्राती नेपालीको शव गोरखा नगरपालिका १२ हात्तिसार फाँट नजिकै दरौंदी किनारमा फेला परेको छ  । उनी साउन ३ गते देखि घरबाट हिडेकी थिइन ।

साउन ३ गते दिउँसो ३ वजेतिर घरबाट निस्किएकी महिलालाई सोही दिन छेवेटार पुल नजिकै देखिएको स्थानीय बासिन्दाले बताएका आधारमा आफन्तले खोजी गरिरहेका थिए ।

आज दिउँसो ३ वजेतिर दरौंदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

NO COMMENTS