Home Breaking News आज ‘श्रीकृष्ण जन्माष्टमी’ र गौरा पर्व मनाइँदै देशभर सार्वजनिक विदा

आज ‘श्रीकृष्ण जन्माष्टमी’ र गौरा पर्व मनाइँदै देशभर सार्वजनिक विदा

सोमवार, भदौ १४, २०७८
0
210

काठमाण्डौ । आज देशैभर ‘श्रीकृष्ण जन्माष्टमी’ र गौरा पर्व मनाइँदै छ । सोही अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा प्रदान गरेकाे छ ।

आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।

आजैका दिन ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि कोरोना महामारीका कारण पूजा विधि मात्र गरिने भएको छ ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र भाद्र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा  मनाउने गरेका छन् ।

 

NO COMMENTS