Home Breaking News मनकामना केवलकार भदाै २० गतेबाट सञ्चालनमा आउने

मनकामना केवलकार भदाै २० गतेबाट सञ्चालनमा आउने

शुक्रबार, भदौ १८, २०७८
0
375

मनकामना केवलकार

भदाै  १८, गाेरखा। कोरोना कहरका कारण ४ महिनादेखि बन्द रहेको मनकामना केवलकार भदौ २० गते आईतबार देखि संचालनमा आउने भएको छ। बिहिबारदेखि गोरखामा निषेधाज्ञा हटेको र चितवनमा पनि निषेधाज्ञा खुकुलो भएसँगै केवलकार संचालनमा आउन लागेको हो।

वैशाख १७ गतेदेखि बन्द रहेको केवलकार सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै भदौ २० देखि संचालनमा आउने मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए।

यद्यपी मनकामना केवलकार संचालनमा आएपनि मन्दिर कहिले खुल्छ भन्ने निश्चित भएको छैन। मनकामना क्षेत्र विकास समिति, स्थानीय जनप्रतिनिधिहरु र गाेरखा जिल्ला प्रशासनकाे समन्वयमा मन्दिर समेत खुलाउने तयारि भइरहेकाे छ । प्रशासनले मनकामना र गाेरखकाली मन्दिर स्वास्थ्य मापदण्ड कायम गरी खुलाउन सकिने जनाएकाे छ ।

NO COMMENTS