Home Breaking News पालुङ्टारमा रड प्रहार गरी आमा छाेरीकाे गहना लुटियाे, घाइतेकाे लक्ष्मी सामुदायिक अस्पतालमा...

पालुङ्टारमा रड प्रहार गरी आमा छाेरीकाे गहना लुटियाे, घाइतेकाे लक्ष्मी सामुदायिक अस्पतालमा उपचार हुँदै

शुक्रबार, कार्तिक १९, २०७८
0
246

गाेरखा । जिल्लाकाे   पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङली स्थित भाेटेनी खाेला नजिकै  डुम्रे बजारबाट घर फर्कदै गरेका आमाछाेरीमाथि रड प्रहार गरेर अज्ञात समूहले गरगहना लुटेकाे छ ।

आज साँझ करीब ७ बजेतिर घरनजिकैकाे भाेटेनी खाेला आईपुगेका आमा  ६० वर्षिय भीम कुमारी क्षेत्री र  छाेरी २१ वर्षिय अम्बिका क्षेत्रीलाइ  लाई रड प्रहार गर्नुका साथै बाटाेबाट करीब १०० मिटर तल घिसारेर लगेकाे प्रहरीले बताएकाे छ । घटनाबारे स्थानीय प्रहरीले जानकारी दिए लगतै प्रहरी चाैकी विरुवाटारबाट घटना स्थलमा प्रहरी पुगेकाे थियाे ।

लुटेराहरूले उनीहरूकाे शरीरमा भएका गहनाहरू लुटेर भागेकाे र केहि समयपछि मात्र स्थानीयले थाहा पाएर उपचारका लागि लगिएकाे थियाे  । आमाछाेरीकाे टाउकाे तथा हातहरूमा चाेट लागेकाे छ। घटनामा दुइ जना युवाहरु देखिएका घाइते अम्बिकाले जानकारी दिएकी छन् ।

 

NO COMMENTS