गाेरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दाेलित भएका छन् । कार्यकाल सकिनै लाग्दा समेत शिक्षा नियामावली निर्माण नगरेकाे उक्त पालिकालाइ शिक्षालाइ मनाेमानी र मनपर्दि विधि प्रयाेग गरेर सञ्चालन गरेकाे शिक्षकहरुले बताएका छन् ।
दरबन्दी मिलान भन्दै विद्यार्थिहरु नभएकाे ठाउँमा शिक्षक पठाउने र विद्यार्थिहरु धेरै भएकाे ठाउँमा शिक्षक कटाैती गर्ने काम भएकाे अखिल नेपाल शिक्षक सँगठनकाे विज्ञप्तीमा उल्लेख छ ।
शिक्षा शाखाका स्राेत व्यक्ति लक्ष्मण आचार्यका अनुसार आफूहरुलाइ लाए अह्राएकाे काम गर्नुपर्ने भएकाले यसबारेमा अझै माथिल्लाे निकायबाट जानकारी लिन सुझाव दिएका छन् ।
हेर्नुहाेस् विज्ञप्ती
देशकै अब्बल विद्यालय रहेका यस क्षेत्रमा पछिल्लाे समय पालिका भित्रकाे शिक्षामा देखिएकाे वेथितिका कारण शैक्षिक अवस्था नाजुक बन्दै गएकाे छ । विकासकाे आधार शिक्षा भएपनि शिक्षामा मनपरी भएकाे शिक्षकहरुकाे भनाइ छ ।
पालिकाबाट विद्यालय पुग्ने गरेका शिक्षा शाखाका प्रमुख लगायतका कर्मचारीहरुबाट विद्यालमा प्रवेश गरी शिक्षकहरु माथि गाली गलाैज गर्ने, कागजपत्र फेरवदल गर्न लगाउने लगायतका गलत कामहरु हुने गरेकाे र आफूहरुलाइ समेत अरुले नै निर्देशन गरेकाे शिक्षा अधिकारीहरुकाे भनाइ छ ।