Home Breaking News फ्रेन्डस् अफ सिङ्गला अर्गनाइजेशनकाे सहयाेगमा धार्चे गाउँपालिका ५ गुम्दामा २७५ थान ग्याँस...

फ्रेन्डस् अफ सिङ्गला अर्गनाइजेशनकाे सहयाेगमा धार्चे गाउँपालिका ५ गुम्दामा २७५ थान ग्याँस सिलिण्डर वितरण

मङ्लबार, चैत्र ८, २०७८
0
219

गाेरखा । फ्रेन्डस् अफ सिङ्गला अर्गनाइजेशनकाे सहयाेगमा धार्चे गाउँपालिका ५ स्थित गुम्दा गाउँमा आज २७५ थान ग्याँस सिलिण्डर वितरण भएकाे छ ।   समस्यामा परेका नागरिकहरूका लागि २७५ थान भरेकाे ग्याँस सिलिण्डर वितरण  गरिएकाे अर्गनाइजेशनका अध्यक्ष साेम गुरुङले जानकारी दिए ।

ग्याँस लिन सहभागि नागरिकहरु ।

 

ग्याँस वितरण कार्यक्रममा धार्चे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कर्ण बहादुर गुरुङ, स्थानीय समासेवीहरु, गाउँमा रहेका महिला तथा पुरुषहरुकाे सहभागिता रहेकाे थियाे । 

 

ग्याँस सिलिण्डर पाएपछि डाेकाेमा राखेर बाेकि घर तर्फ लैजादै एक वृद्धा प्रशन्न मुद्रामा । तस्वीर मनासलु डटकम

फ्रेन्डस् अफ सिङ्गला अर्गनाइजेशनले हिमाली क्षेत्रकाे वन तथा वातावरण सँरक्षण गर्ने उदेश्यले विगत लामाे समय देखि काम गर्दै आइरहेकाे छ । यस अघि सिङ्लामा ग्याँस सिलिण्डर वितरण गरेकाे थियाे ।

गुम्दामा रहेका ग्याँस सिलिण्डर

ग्याँसमा खाना बनाउँदा बन फडानी राेकिन्छ र हिमाली क्षेत्रका साैन्दर्यता कायम रहने गर्दछ । अर्गनाइजेशनका अध्यक्ष साेम गुरूङकाे पहलमा ग्याँस सिलिण्डर वितरण भएकाे हाे । ग्याँस सहितकाे सिलिण्डर पाएपछि विकट हिमाली क्षेत्रका नागरिकहरू खुशी भएका छन् ।

NO COMMENTS