Home Breaking News शहीदलखनमा सुरु भयाे “विद्यार्थीसँग अध्यक्ष कार्यक्रम ” विद्यार्थीहरु लाभान्वित

शहीदलखनमा सुरु भयाे “विद्यार्थीसँग अध्यक्ष कार्यक्रम ” विद्यार्थीहरु लाभान्वित

बुधबार, चैत्र १६, २०७८
0
300
गाेरखा । जिल्लाकाे  शहिद लखन गाउँपालिकामा अाव २०७८/७९काे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “विद्यार्थी सँग अध्यक्ष कार्यक्रम ”  सुरु भएकाे छ । कार्यक्रमले गाउँपालिकालाइ शिक्षा क्षेत्रकाे याेजना निर्माणका क्रममा सहयाेग पुग्नुका साथै विद्यार्थिहरु समेत लाभान्वित भएका छन् ।   बिसङ्गति र विकृति मुक्त समाज निर्माणमा विद्यार्थीकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ गर्दै  शैक्षिक सत्रमा पहिलाेपटक सञ्चालन गरेकाे हाे ।
कार्यक्रम विद्यालयमा अध्ययनकाे क्रममा परेका समस्याका बारेमा विद्यार्थिहरुसँग जानकारी लिएर सवालजवाफ गरिएकाे थियाे ।  शिक्षा क्षेत्रका याेजना निर्माणका लागि विद्यार्थिहरुकाे सुझाव असाध्यै महत्वपूर्ण रहेकाे शहिदलखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले बताए ।
गाउँपालिका र विद्यार्थीहरु प्रत्यक्षरुपमा साक्षात्कार गरि शैक्षिक गतिविधिमा वर्तमानमा भइरहेका गतिविधि, भाेगेका समस्या, त्यसकाे निराकरण, आगामि दिनमा के गर्दै छाै र के गर्न सक्छाै विद्यार्थीले गाउँपालिका सँग राखेका अपेक्षाहरुकाे जानकारी दिने तथा लिने उदेश्य  कार्यक्रमकाे रहेकाे शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।
 कार्यक्रमलाइ मनकामना माविका प्रधानाध्यापक अरविन्द मिश्र, जनशक्ति माव नामजुङका प्रधानाध्यापक चिरञ्जीवी काप्री, शहिदस्मृति माविका प्रधानाध्यापक राेहिणि प्रसाद खनाल, सिद्धस्थानी माविका प्रधानाध्यापक इश्वर कट्टेलले सहजीकरण गरेका थिए  ।
 कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, शिक्षा अधिकृत राजेन्द्र खनाल, वडानं ६ का अध्यक्ष दिलिप नारायण थापा शिक्षा समिति सदस्यहरु खुन प्रसाद रेग्मी, रमेश श्रेष्ठ लगायतले विद्यार्थीसँग पालिका निरन्तर सम्पर्कमा रही सुझाव लिनुपर्ने बताएका थिए ।
कार्यक्रमका अवसरमा विद्यालयबाट छनाैट भएका पालिका भित्र रहेका  जेहेन्दार तथा अनुशासित ५४ विद्यार्थीहरुलाई झाेला, नेपाली अङ्ग्रेजी शब्दकोष र स्टेसनरी सामग्री प्रदान भएकाे थियाे । कार्यक्रम गाउँपालिका अध्यक्ष रमेश थापा मगरकाे अध्यक्षतामा भएकाे थियाे ।

NO COMMENTS