गोरखा । ग्लोबल आइएमई बैंक द्वारा बालमन्दिरमा अध्ययनरत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक क्षेत्रमा सहयोग अन्रतर्गत बैंकको गोरखा शाखाले आज खाद्यान्न सहयोग उपलब्ध गराएको बैंकका समिर वाग्लेले जानकारी दिए ।
बैंकले एक थान कम्प्यूटरका साथै चालम, दाल र तेल उपलब्ध गराएको हो । बैंकले विद्यालयमा कार्यक्रमको आयोजना गरेर बालमन्दिरमा अध्ययन गर्दै सोही स्थानमा आश्रित बालबालिकाहरुको लागि खाद्यान्न उपलब्ध गराएको जनाएको छ ।
बैंकले ३५ हजार मुल्य बरावरको सामाग्री र खाद्यान्न उपलब्ध गराएको कर्मचारी वाग्लेले जानकारी दिए ।