मनाङ। हिमाल पारीकाे जिल्ला मनाङमा राहदानी सेवा सुचारु भएको छ । सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै बन्द भएको मनाङमा सेवा सुचारु गर्दै विद्युतीय राहदानी वितरण गर्न थालिएको छ ।
विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मनाङले विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र प्राविधिक व्यवस्थापन गरी सेवा सुरू गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मनाङमा सेवाग्राहीको चाप कम भए पनि राहदानी सेवाका लागि भने सेवाग्राही दैनिकजसो पुग्ने गर्दछन् ।