Home Breaking News गाेरखा नगरपालिका ८ मा २१ वर्षिय युवककाे शव फेला

गाेरखा नगरपालिका ८ मा २१ वर्षिय युवककाे शव फेला

बिहिबार, असार ३०, २०७९
0
332

गोरखा, ३० असार । गोरखा बजारको खोलखोले क्षेत्रमा स्थायिन एक युवकको शव फेला परेको छ । गोरखा नगरपालिका ८ आहाले गाउँका २१ बर्षिय अनिष आलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

आलेको शव गोरखा नगरपालिका ८ कै खोलखोले क्षेत्रको नयाँ बस्तीमा नालीमा फेला परेको वडा नम्बर ८ का अध्यक्ष ऋषि खत्रीले बताए ।

घटना स्थलमा अहिले प्रहरीको टोली पुगेको र लास प्रकृति मुचुल्का उठाउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए ।

आलेको शरिरको विभिन्न भागमा चोट पटक देखिएकोले अनुसन्धानका क्रममा केही आशंका लागेका ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ । आलेको शव पोष्ट मार्टका लागि गोरखा अस्पताल ल्याउने तयारी भई रहेको छ ।

NO COMMENTS