Home शिक्षा मासु पसलेलाइ राष्ट्रिय परिचयपत्र फारमकाे रुजु गर्ने अधिकार प्रदान

मासु पसलेलाइ राष्ट्रिय परिचयपत्र फारमकाे रुजु गर्ने अधिकार प्रदान

सोमवार, साउन ३०, २०७९
0
265

साउन २६, गोरखा ।  गोरखा नगरपालिका वडा १० ले मासु व्यावसायीलाइ राष्ट्रिय परिचयपत्रका विववरण रुजु गर्ने जिम्मेवारि प्रदान गरेकाे छ ।  कार्यालयले छेवेटार वजारक्षेत्रमा मासु पसल सञ्चालन गर्दै आएका परशुराम देवकोटालाई दर्ता सहयोगीको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय परिचयपत्रका लागि वडा तहमै ब्यक्तिको विवरण संकलनको काम भैरहेको छ । पहिलो चरणमा गोरखा नगरपालिकाका १४ वटै वडामा दर्ता टोली खटिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट खटिएको प्राविधिक टोलीलाई सहयोग गर्नका लागि वडाले दर्ता सहयोगी र स्वयम्सेवकको व्यवस्था गरेका हुन् ।

विभागले बनाएको कार्यविधिले सकेसम्म सम्बन्धित वडाको सचिवलाई नै विवरण रुजु गर्ने अधिकारीका रुपमा जिम्मा दिनुपर्ने भनेको छ । वडा सचिवले नभ्याएको अवस्थामा अन्य वहालवाला कर्मचारी र त्यो पनि सम्भव नभएमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेका शिक्षकलाई रुजु गर्ने अधिकारी नियुक्त गर्न सकिने विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए ।

कार्यविधि मिचेर भएकाे नियुक्ति तत्काल हटाउन निर्देशन दिइएकाे जिल्ला प्रशासन कार्यालय गाेरखाले जनाएकाे छ ।

 

 

 

NO COMMENTS