गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेसिसले युवाहरुकाे नेतृत्व क्षमताकाे लागि खेलेकाे भूमिका असाधारण रहेकाे बताएका छन् ।
जेसिसले सामाजिक रुपमान्तरण र अनुशासित नेतृत्व प्रणाली निर्माण गर्नमा र त्यसकाे आर्थिक विकास र राजनितिक स्थायित्व निर्माण गर्न महत्वपूर्ण रहेकाे पाएँ । जेसिसकाे कार्यक्रम भनेपछि अरु कार्यक्रम छाेडेर पनि जाउँ जाउँ लाग्ने गरेकाे उनले बताए । समृद्ध समाज निर्माणकाे लागि जेसिसले सकरात्मक पहल गर्दै आएकाे र राजनैतिक रुपले तटस्थ रहेकाे उनले बताए ।
युवा वर्ग, जातिवर्ग , क्षेत्रकाे विकास लागि जेसिसले नेतृत्व प्रदान गरेकाे छ । जेसिसलाइ आफूले नजिकबाट अध्ययन गरेकाे उनले बताए । कुनै बेला आफ्नाे भाइ समेत जेसिसकाे अध्यक्ष रहेकाे प्रचण्डले बताए ।
गाेरखा जिल्ला एेतिहासिक रहेकाे उनले बताए । नयाँ नेपाल बनाउने काम गाेरखाबाट नै सुरु भएकाे उनकाे भनाइ छ । सँघीय लाेकतान्त्रिक गणतन्त्र निर्माणकाे अभियान गाेरखाबाट सुरु भएकाे थियाे । गाेरखाले खेलेकाे भूमिकालाइ उच्च सम्मान गर्दछाैँ । गाेरखाली जनताले परिवर्तनका बाहक पार्टीलाइ विजयी गराउने गरेका छन् याे उदाहरणीय छ उनले भने । गाेरखाले देशकाे राजनीतिक स्थायित्वकाे लागि आगामि दिनमा पनि याेगदान गर्न सकाेस भन्ने चाहन्छु । उनले जेसिसले नेतृत्व विकास र निर्माणलाइ अझै उचाइमा पुर्याउन पर्ने बताए ।