काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ ।
७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । क्यान्सरका विरामी उनलाई पछिल्लो समय निमोनियाले सताएको थियो ।
परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।