Home Breaking News मुग्लिन नारायणगढ सडक सुचारु

मुग्लिन नारायणगढ सडक सुचारु

बुधबार, भदौ १५, २०७९
0
150

मुग्लिन ।  पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड केही बेर अघि सञ्चालनमा आएकाे छ ।  डोजरले पहिरो पन्छाएपछि बिहान देखि सडक खुलेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।

पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

NO COMMENTS