Home समाचार सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने माग

सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने माग

शुक्रबार, भदौ १७, २०७९
0
149

गाेरखा । सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गोरखाले माग गरेको छ । बिहिबार नेपाल पत्रकार महासंघ गोरखा शाखामा ज्ञापन पत्र बुझाउँदै फोनिजले श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको हो ।

यसअघि पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्षको मान्यता दिइँदै आइएको थियो । फोनिजको केन्द्रीय कार्यक्रम अनुसार बिहिबार फोनिज गोरखा शाखाका अध्यक्ष सुशीलबाबु श्रेष्ठले नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटामार्फत महासंघको केन्द्रीय कार्य समितिलाई ज्ञापन पत्र र श्रेष्ठको तस्बिर पठाएको हो ।

पत्रकार महासंघको दस्तावेजहरुमा भट्टराईलाई संस्थापक अध्यक्ष उल्लेख गर्दैआएकोप्रति फोनिजले गम्भीर आपत्ति जनाएको छ । साथै विभिन्न तथ्य र प्रमाणका आधारमा महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको दावी गर्दै मिथ्या विवरणलाई सच्याउन माग गरेको हाे ।

२००८ साल वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुनर्गठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुनर्गठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति वनेका थिए । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको भन्दै २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्व.भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासलाई नबंग्याइ तथ्य स्थापित गर्नु रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

NO COMMENTS