राजेन्द्र न्याैपाने
गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका जान जिल्ला सदरमुकामबाट त्यस क्षेत्रका नागरिहरुलाइ अघिल्ला वर्ष सम्म तिन दिन लाग्दथ्याे । नेपाली सेनाले बाटाे जिम्मा लिएर खनेपछि अहिले चुमनुब्रीका नागरिकहरु सदरमुकामबाट एकैदिन घर पुग्ने गरेका छन् ।
धार्चे गाउँपालिकाकाे माछाखाेला सम्म माेटरमा र त्यहाँबाट हिडेर तीन घण्टामा चुमनुब्री पुगिने भएकाे हाे । यस अघि एक दिन आरुघाट, अर्काे दिन माछाखाेलामा बास वस्नुपर्ने अवस्था थियाे ।
गाेरखाबाट एकैदिन घर आउने र घरबाट एकैदिन गाेरखा पुग्ने गरेकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ३ जगतका बल बहादुर गुरुङ बताउँछन् ।
माथिल्लाे क्षेत्रका मानिसहरुलाइ पनि यहाँ सम्म आउन छिटाे हुने गरेकाे छ । अव सेनाले दुइ वर्ष भित्र बाटाे साम्दाे सम्म पुर्याएपछि जिल्ला सदरमुकामबाट एकैदिन सिमा सम्म पुग्न सकिने गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।