Home Breaking News अगुवा किसानहरुलाई प्राङगारिक मल बनाउने तालिम प्रदान

अगुवा किसानहरुलाई प्राङगारिक मल बनाउने तालिम प्रदान

शुक्रबार, असाेज १४, २०७९
0
130

गोरखा, १४ असोज । गोरखाको शहिद लखन गाउँपालिकाले पालिका भित्रका अगुवा किसानहरुलाई प्राङगारिक मल बनाउने तालिम प्रदान गरेको छ । गाउँपालिकाको अर्गानिक उत्पादन प्रर्वद्धन कार्यक्रम अन्र्तगत पालिका भित्रका ७१ जना अगुवा किसानहरुलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । ‘रासायनिक मलको प्रयोग बिना गाउँमा खेतीपाती नै नहुने जस्तो अबस्था भईसक्यो, उनले भने, ‘स्थानीय सरकारले अब किसानहरुलाई प्राङ्गारिक मलको प्रयोग गर्न प्रेरित गर्नुपर्छ भन्ने उद्देस्य तालिम सञ्चालन गरिएको हो ।’

तालिम तथा अभिमुखीकरण कार्यक्रममा पालिका भित्रका ९ वटै वडाका अगुवा किसानहरु समेटिएको उनले बताए । रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटो पनि बिग्रदै जाने र उत्पादन समेत बिस्तारै घट्दै जाने अबस्था आएको भन्दै गाउँपालिकाले कृषकहरुलाई प्राङगारिक मलको प्रयोगमा जोड दिन तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष थापामगरले बताए ।

‘रासायनिक मलको क्षणिक उत्पादन दिएपनि दिर्घकालिन रुपमा यसको प्रयोग फाईदाजनक हुदैन, उनले भने, ‘अब अर्गानिक उत्पादन बढाउन रासायनिक मलको प्रयोगलाई घटाउदै प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गर्न खोजिएको छ ।’

तालिममा एग्रीटेक मल्टीनेशल प्रा.लिका सञ्चालक डा. बिष्णुबहादुर थापाले किसानहरुलाई प्राङ्गारिक मल बनाउने बिधि र प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो । तालिममा सहभागी किसानहरुले तालिमबाट सिकेको कुरालाई व्यवहार लागू गर्ने बताएका छन् । गाँउपालिका अध्यक्ष थापामगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

NO COMMENTS