गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउँपालिकाले गाेरखा कारागारमा रहेकाे बन्दीहरुका लागि खसि प्रदान गरेकाे छ ।
गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य सहितकाे पालिका टाेलीले शुनिबार कारागारमा पुगेर खसी हस्तान्तरण गरेकाे हाे ।
गाेरखा कारागारमा हाल ९८ जना बन्दीहरुकाे रहेकाे कारागार प्रमुख गणेश प्रसाद भट्टराइले बताए । चाडपर्व खर्चबापत सरकारले दिने तिनसय रुपैयाँ बन्दीहरुका लागि निक्कै थाेरै रकम हाे । अहिले सम्म बन्दीहरुका लागि खसी प्राप्त भएकाे थिएन भट्टराइले भने ।
बारपक सुलिकाेट गाउँपालिका अध्यक्ष भट्टलाइ न्याय र मुक्तिका लागि जनतालाइ प्रशिक्षण दिएकाे भन्दै राज्यसत्ताले चारवर्ष महिना जेलमा राखेकाे थियाे ।