खोटाङ, १५ असोज । दसैमा खचाखच यात्रु बोकेर गुडिरहेको बसमा आज एक्कासी आगलागी भएको छ । काठमाडौंबाट दिक्तेल जाँदै गरेको बा ३ ख ८९८१ नम्बरको बसमा गुडिरहेका बेला एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा दिउँसो साँढे चार बजे आगलागी भएको उहाँको भनाई छ । गाडीको इन्जिनमा समस्या आएपछि कारण आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक रायको भनाई छ। आगलागीबाट कुनै मानबिय क्षती भएको भने भएको छैन । खचाखच यात्रुले भरिएको बसमा आगो लागेपछि भागभाग भएका थिए ।