गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भुकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन भ्रमण गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उमेद्वारका समेत रहनु भएका उहाँले आज विहान दरबार अवलोकन गरेका छन् ।
गोरखाको इतिहासले देशको गरिमालाई उचो पारेको बताउनुभयो । दरबार अवलोकनका क्रममा गोरखा दरबार संग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको इतिहास महत्व लगायतका बिषयमा जानकारी गराएका थिए ।
उनले जिल्लामा सत्तागठबन्धनका दलका नेता, उद्योगी व्यवसायी लगायतसंगको छलफल गरेका छन् । नेता प्रचण्डले आज नेपाली काँग्रेसकाे पार्टी कार्यालयमा आयाेजित कार्यक्रमलाइ समेत सम्बाेधन गरेर काठमाण्डाै फर्किएका छन् ।