तनहुँ । जिल्लाकाे आँवुखैरेनी गाउँपालिका स्थित छिम्केश्वरी माध्यमिक विद्यालयमा लैङ्गिक हिँसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमलाइ सम्बाेधन गर्दै चुमानले स्थानीय आवश्यकता र वस्तुकाे प्रयाप्तता अनुसार पालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम अघि सारेकाले त्यसलाइ कार्यन्वयनमा लगि सबैले लाभ लिनुपर्ने बताए । सामुदायिक वन भित्र अदुवा खेती गरेर वा अकवरे खुर्सानीकाे सामूहिक खेति गरेर यहाँकाे माटाे र हावापानी अनुसार उत्पादनमा जाेडिनुपर्ने उनले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाले यस क्षेत्रका अभिभावक र विद्यार्थीहरुका लागि कार्यक्रम ल्याएकाे भन्दै गाउँपालिकालाइ धन्यवाद दिए ।
कार्यक्रममा प्रहरी अधिकारी र अधिवक्ताले हिँसा सम्बन्धि एेन कानुनका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थी र अभिभावकहरुकाे सहभागिता रहेकाे थियाे ।