बुधबार, पुस ६, २०७९
0
141
प्रधानमन्त्री देउबा र महामन्त्री थापा उम्मेदवारी दर्ता गर्न सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालय पुगेका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको प्रस्तावक गरेका थिए भने समर्थनमा पूर्णबहादुर खड्का थिए ।

त्यसैगरी, थापाको उम्मेदवारीमा शेखर कोइरालाको प्रस्ताव र पार्टी उपाध्यक्ष धनराज गुरुङ, महासचिव विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका थिए ।

पार्टीले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचनको मिति तोकेको छ ।

संसदीय दलको नेताको निर्वाचनमा पार्टीका ८९ नवनिर्वाचित सांसदले मतदान गर्न योग्य छन् । उम्मेदवारलाई पद सुरक्षित गर्न कम्तिमा ४५ मत चाहिन्छ।

NO COMMENTS