गाेरखा । शहिदलखन गाउँपालिकाको हिउँदे गाउँसभा तथा बाह्रौँ अधिवेशन गरेकाे छ । अधिवेशनले चार वटा विद्येयक पास गर्दै गाउँपालिकाले हिउँदे सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।
गाउँसभामा न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।
संस्था दर्ता गर्न बनेको विधेयक २०७९, मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ र गाउँसभा वैठक सञ्चालन कार्यविधि २०७९ गाउँसभामा सर्वसम्मतले पास भएको छ ।
गाउँसभामा राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन समितिका संयोजक इन्दिरा तिवारीले, वार्षिक प्रगति प्रतिवेदन पूर्वाधार विकास समितिका संयोजक शरण श्रेष्ठले र न्यायिक समितिको वार्षिक प्रतिवेदन समितिका संयोजक इन्दिरा तिवारीले प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद कृष्ण धितालको प्रमुख आतिथ्यता रहेकाे थियाे ।