गोरखा । गोरखा नगरपालिका–६ ठुलो आँगन निवासी कृण्णदेवी श्रेष्ठले ब्यक्तिगत रुपमा आफैले निर्माण गरेर घर पदेली टोल विकास संस्थालाई हस्तान्तरण गरेकी छन् । ‘कृष्ण देवी क्रियापुत्री घर’ नामाकरण गरिएको उक्त भवन निर्माणमा १८ लाख ५९ हजार ८९ रुपैयाँ ६० पैसा खर्च भएको भवन निर्माण समितिका अध्यक्ष अयोध्या जोशीले जानकारी दिए । २ तले उक्त भवनको तल्लो तलामा २ कोठा सुविधा सम्पन्न शौचालय एटेज बाथरुम र माथिल्लो तलमा हल निर्माण गरिएको छ ।
नेवार समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा मानिस मर्दा क्रियापुत्री बस्ने घर अभाव भएको भन्दै समाजसेवा श्रेष्ठले निर्माण गरिदिएको समितिका अध्यक्ष जोशीले बताए । भवनको शुक्रबार बिहान भएको कार्यक्रममा समाजसेवी श्रेष्ठले टोल बिकास संस्थाका उपाध्यक्ष फुलज्योती शाक्यलाई साँचो हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बक्ताहरुले समाजसेवी श्रेष्ठको खुलेर प्रसंशा गरेका थिए ।
कार्यक्रममा श्रेष्ठकी श्रीमान रत्नकुमार श्रेष्ठ र उनका परिवारहरुको समेत उपस्थिती रहेको थियो । समाजसेवी श्रेष्ठ नेपाली काँग्रेसका नेता जिवनप्रेम श्रेष्ठका ममतामयी माता हुन् ।
भवन निर्माणका लागि नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी उपरिक्षक एवं समाजसेवी स्थानिय डा।राजुबावु श्रेष्ठले समन्वय गरेका हुन् कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी दिलिप, ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष एवं केन्द्रिय सदस्य मोहनलाल श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के, गोर्वधन आचार्य, रामचन्द्र आचार्य, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ तथा स्थानीय र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।