Home शिक्षा गुणस्तरीय शिक्षा प्राप्त हुने ठाउँमा विद्यार्थी पठाउँछौँ  : चुमान

गुणस्तरीय शिक्षा प्राप्त हुने ठाउँमा विद्यार्थी पठाउँछौँ  : चुमान

बिहिबार, पुस २८, २०७९
0
173

तनहुँ सम्वाददाता ,आँवुखैरेनी । आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले गुणस्तरीय शिक्षा प्रदान गर्ने ठाउँमा विद्यार्थी पठाउने बताएका छ । आज पालिकाको छिम्केश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाइ सम्बोधन गर्दे उनले भने, विद्यालयमा दुइ चार जना विद्यार्थी भएर हुँदैन । धेरै विद्यार्थी हुनुपर्दछ अनि गुणस्तर हुन्छ । आफ्नो गाउँमा भएको विद्यालय मर्च गर्न पाइँदैन भन्नेले बालिका भने अन्तत्र पढाएको हुने गरेको उनले बताए । गाउँमा रहेको विद्यालयले जति सम्म शिक्षा दिन सक्ने हो त्यतिसम्मको कक्षा मात्र चलाउनुपर्ने उनले बताए । दुइ जना शिक्षक राखेर मावि चलाउँछु भन्दा विद्यार्थीहरुको भविष्य अन्यौल हुने भएकाले त्यसतर्फ पालिकाले योजना बनाइरहेको बताए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मिलन भुजेल, शिक्षा शाखा प्रमुख निर्मला कुँवर, सँस्थागत विद्यालयकाे तर्फबाट भगवानदास मल्ल, पूर्व प्रअ सुदर्शन अर्याल, आँवु प्राविका प्रअ लक्ष्मण गुरुङ, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण खवास विद्यार्थी भुवल सोमै लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा हीरक जयन्ती अभिभावक भेला तथा पुनर्मिलन समारोहको उद्घाटन्, झण्डोत्तोलन, हीरक स्तम्भ अनावरण, छिम्केश्वरी मा.वि. हीरक स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न लोकसाँस्कृतिक कलाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अवसरमा जग्गादाता डम्बर बहादुर खवास, जुद्ध बहादुर खवास, चन्दादाता धनकाजी आले, पूर्व प्रधानाध्यापक सुदर्शन अर्याल, डाेलमाया गुरुङ, सँस्थापक सदस्य बाबुराम तिवारी, विद्यालयका उत्कृष्ट शिक्षक दिलमाया मश्राङी ,  विद्यालयलाइ लामाे समयदेखि आर्थिक र भाैतिक सहयाेग गर्दै आएका मनकामना माइ बहुउद्देश्यीय सहकारी सँस्था लगायतलाइ सम्मान गरिएकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षकद्वय काशीनाथ देवकाेटा र पूर्णिमा थापाले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्याैपानले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

NO COMMENTS