Home Breaking News भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

शुक्रबार, चैत्र ३, २०७९
0
140

गाेरखा ।  बुंकोटघाटमा भीमविरेश्वर आद्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । फागुन २३ गतेबाट सुरु भएको महायज्ञ ३० गते सम्पन्न भएको हाे । नामजुङ सेवा समाजकाे आयाेजनमा महायज्ञ सम्पन्न भएकाे हाे ।

महायज्ञमा मुख्य वाचक वाचनप्रवीण पण्डित दीनवन्धु पोखरेल रहेका थिए । महायज्ञमा २५ हजार भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको अनुमान छ । महायज्ञबाट ७० लाख भन्दा बढी नगद सङ्कलन भएकाे आयाेजकले बताएकाे छ ।

भीमवीरेश्वर महादेव मन्दिरलाई उपयुक्त स्थानमा स्थानान्तरणका का लागि महायज्ञ संचालन गरिएको हाे ।बूढीगण्डकी डुवान क्षेत्रमा पर्ने भएकाेले मन्दिरलाई  अन्य स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएकाे छ ।

NO COMMENTS