Home Breaking News थाक्रेमा गणेश खाेला माथिकाे माेटरेवल पुल भासिँदा यातायात ठप्प

थाक्रेमा गणेश खाेला माथिकाे माेटरेवल पुल भासिँदा यातायात ठप्प

सोमवार, बैशाख १८, २०८०
0
169

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथीको मोटरेवल पुल भासिँदा यातायात पुर्णरुपमा ठप्प भएको छ ।

दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अहिले अपरान्ह ४ बजेदेखी पुलमा धेरै नै क्षति हुँदा दुवै तर्फ यातायात पुर्णरुपमा ठप्प भएको हो ।

गणेश खाेलामा परेकाे भ्वाङ

भासिएको पुल सँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । यातायात ठप्प भएसँगै राजमार्गमा यात्रा गरिरहेका यात्रुहरुले सास्ती पाएका छन् । भासिएको पुलमा ग्यावीन जाली हालेर बाटो खुलाउने भनिएको छ । तर तत्काल सडक खुल्ने अवस्था भने रहेको छैन । प्रहरीले वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ ।

 

NO COMMENTS