Home Breaking News गाेरखाकाे चर्चित विद्यालय नवजागृति चण्डी माध्यामिक विद्यालयमा कम्युटर इन्जिनियरिङ्ग विषयको पठनपाठन सुरु

गाेरखाकाे चर्चित विद्यालय नवजागृति चण्डी माध्यामिक विद्यालयमा कम्युटर इन्जिनियरिङ्ग विषयको पठनपाठन सुरु

मङ्लबार, बैशाख १९, २०८०
0
148

गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङमा रहेको श्री नवजागृति चण्डी माध्यामिक विद्यालयमा कम्युटर इन्जिनियरिङ्ग बिषयको पठनपाठन सुरु हुने भएको छ ।

गाउँपालिकाको बिशेष पहलमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयलाइ प्राविधिक धार सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।

शैक्षिक क्षेत्रको स्तरोन्नतिसंगै प्राविधिक शिक्षाको बिकास मार्फत शिक्षालाई रोजगारमूलक बनाउने तर्फ जोडदिदैँ आएको गाउँपालिकाले पालिका भित्रका विद्यालय पहिलो पटक कम्युटर इन्जिनियरिङ्ग बिषयको अध्यापन अनुमति लिन सफल भएको हो । विद्यालयले अध्यापन अनुमति पाएसंगै शैक्षिकसत्र २०८० देखि नै प्राविधिक धार तर्फ कक्षा ९देखि १२ सम्म कम्युटर इन्जिनियरिङ्गको पठनपाठन सुरु हुने गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

२०७९ चैत २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट उक्त विद्यालयलाइ कम्युटर इन्जिनियरिङ्ग अध्यापनको अनुमति दिने निर्णय गरेको थियो । विद्यालयमा कक्षा सञ्चालनका लागि अनुदान समेत सरकारले उपलब्ध गराउनेछ । यस अघि गत शैक्षिक सत्रदेखि नै गाउँपालिकाको वडा नम्बर ७ बोर्लाङ्ग स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा तीन बर्षे डिप्पोमा इन सिभिल इन्जिनियरिङ्ग विषयमा पठनपाठन सुरु भइसकेको छ ।

NO COMMENTS