Home समाचार प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा तथा मिडिया सम्मेलन जेठ १३ गते गर्ने...

प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा तथा मिडिया सम्मेलन जेठ १३ गते गर्ने निर्णय

शुक्रबार, बैशाख २२, २०८०
0
134

काठमाण्डाै ।  प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण सभा गर्ने निर्णय गरेको केन्द्रीय सेन्टरका केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।

केन्द्रीय साधारणसभा संगठनको स्थापना दिवस अर्थात माघ १५ गते गर्ने भनिएकोमा  केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलकाे गत माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएपछि स्थगित भएकाे थियाे ।

बुधबार केन्द्रीय अध्यक्षा विष्णु सापकोटाको अध्यक्षता र संगठनका संस्थापक सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यको प्रमूख उपस्थितिमा भएको बैठकले केन्द्रीय साधारणसभा सहित राष्ट्रिय मिडिया भेलासमेत गर्ने निर्णय गरेको हो ।

जेठ १२ देखि १४ सम्म हुने सो कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमनत्रण गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यक्रममा देशभरबाट ६ सय वढि सहभागि हुने बताइएको छ । प्रेस सेन्टरको ७ भौगोलिक प्रदेश सहित उपत्यका, प्रतिष्ठान, एशोसियट र प्रवास गरी ११ प्रदेश र जिल्ला तथा स्थानिय तहसम्म संगठित समितिहरु क्रियाशील रहेका छन् । बैठकले केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।

NO COMMENTS