धादिङ । मलेखु र फुर्केखोला बीच पर्ने पहरे भिरमा सडक किनार भन्दा बाहिरबाट हिड्दै बागेश्वर मावि पढ्न जाँदै गरेका दुई जना विद्यार्थीलाई ट्रकले विपरित दिशामा ठक्कर दिँदा दुबैको मृत्यू भएको छ ।
विद्यार्थी किचेर भागेको ट्रकलाई बेनीघाट प्रहरीले पक्राउ गरेकाे छ । अहिले राजमार्गमा विद्यार्थीहरुले नारावाजि गरिरहेका छन् । विद्यार्थीहरुकाे सनाखत भएकाे छैन ।