Home समाचार करकाे दायरा बढाउँदै बारपाक सुलिकाेट गाउँपालिका

करकाे दायरा बढाउँदै बारपाक सुलिकाेट गाउँपालिका

शुक्रबार, कार्तिक १७, २०८०
0
121

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र करको दायरा बढाउदै लैजाने उद्देस्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिका भित्रका व्यवसायीहरुलाई सहज हुनेगरी गाउँपालिकाले वडा–वडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

भौगोलिक हिसावले छरिएर रहेको गाउँपालिकाले वडा नम्बर १ र २ स्थित बारपाकबाट बुधबारदेखि शिविर सञ्चालन गर्न सुरु गरेको हो । शिविरले व्यवसायीहरुलाई सुविधासंगै व्यवसाय सञ्चालन गरेर पनि करको दायरा बाहिर रहेका व्यवसायीहरुलाई करको दायरामा ल्याउन र नवीकरण नगरेका व्यवसायीहरुलाई नवीकरणका लागि प्रोत्साहन पुग्ने उनले बताए ।

‘‘करको दायरामा नआएकालाई करको दायरामा ल्याउन र दर्ता भएर पनि नवीकरण नगरेका व्यवसाय नवीकरण गराउदा गाउँपालिकाको राजस्व संकलनमा पनि बृद्धि हुन्छ, गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत तलुसीराम आर्चायले भन्नुभयो, ‘यसबाट नवीकरण गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने सचेतना पनि गाउँगाउँमा पुगेको छ । व्यवसायीहरुलाई पालिकासम्म धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।’’

भौगोलिक विकटताका कारण गाउँपालिका कार्यालयसम्म आउनका लागि केही वडाबाट बासिन्दाहरुलाई समस्या रहेको उनले बताए। ‘‘कार्यालयसम्म धाएर आउदा एउटा व्यवसायीको ४५ हजार रुपैयासम्म खर्च हुन्छ, आर्चायले भने, ‘‘गाउँपालिकाले नै शिविर सञ्चालन गरेर वडावडामा पुगेपछि व्यवसायीहरुलाई पनि सहज भएको छ ।’’

गाउँपालिकाको केन्द्रसम्म आउनजानका लागि सहज भएका वडाहरु वाहेक बाँकी सवै वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । शिविरमा आएर व्यवसाय दर्ता गर्नेहरुलाई तत्काल नै दर्ता प्रमाणपत्र समेत उपलब्ध गराउदै आएको छ । व्यवसाय दर्ताका लागि पालिकासम्म आउनका लागि असहज भएको नागरिकहरुको गुनासो समेत रहेको थियो ।

गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख इश्वरीप्रसाद पनेरु नेतृत्वको टोलीले शिविर सञ्चालन गरिरहेको छ । वडास्तरमै शिविर सञ्चालन भएपछि व्यवसाय दर्ता तथा नवीकरण गर्नका लागि पालिका कार्यालयसम्म धाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

NO COMMENTS