काठमाडौँ । सरकारले युनिसेफको सहयोगमा प्राप्त हुने रकमबाट क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधी किन्दा भन्सार छुट दिने निर्णय गरेको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई युनिसेफ जिपीएसिसिएम परियोजना कोष बाट निःशुल्क प्राप्त हुने अमेरिकी डलर ३ हजार ५१.६७ (करिब ४ लाख रुपैयाँ) र युरो ७९ हजार ८१३.६० (करिब १ करोड १३ लाख रुपैयाँ) मूल्य बराबरको १९ वर्षमुनिका बालबालिकामा हुने क्यान्सर रोगको उपचारको लागि प्रयोग हुने स्वास्थ्य सामग्री (औषधि) पैठारीमा नेपाल सरकारले पूर्ण भन्सार महसुल छुट दिएको हो ।रातोपाटी