Home Breaking News यातायात व्यवस्था विभागबाट सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि

यातायात व्यवस्था विभागबाट सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि

बुधबार, बैशाख १६, २०८३
0
4

फाइल तस्वीर

सरकारले फेरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ।

बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको जानकारी दिएको हो।

इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।

NO COMMENTS