Home Breaking News ३६ मिटर लामो नौली खोला पुल सञ्चालन

३६ मिटर लामो नौली खोला पुल सञ्चालन

आइतवार, जेष्ठ ३, २०८३
0
5
३ जेठ, गोरखा । वेनिघाट आरुघाट लार्के सडक खण्डको नौली खोलामा पक्की पुल निर्माण भएको छ । पुलको आज एक कार्यक्रमका वीच धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गर्नु भएको छ । यस अघि खोलामा पुल नहुँदा धार्चे गाउँपालिका केन्द्र, चुमनुब्री गाउँपालिका जानेहरुका लागि सास्ती पर्दै आएको थियो । खोलामा पानी बढेर तर्न नसक्ने अवस्थामा हुने र मानिसहरु आउजाउ गर्न समस्या पर्दै आएको थियो ।

कुल चार करोड ३६ लाख भ्याट सहितको रकममा पुल निर्माण भएको पुर्वाधार विकास कार्यालय गोरखाका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो । पुल निर्माणका लागि २०७९ सालमा ठेक्का सम्झौता भएको थियो । पछिल्लो समय पटक पटक ताकेता गरेपछि सुर्योदय कन्स्ट्रक्सन प्रा.लि.ले पुल निर्माणको काम सम्पन्न गरेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
तस्वीर राज गाेर्खाली
पुल निर्माणसँगै यस क्षेत्रमा चल्ने सवारी साधनहरु र  नागरिकहरुलाई आउनजान सहज भएको छ । पुलको निर्माण गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा भएको हो ।

NO COMMENTS