काठमाडौँ । नेपाली लोक अनि आधुनिक क्षेत्रमा उदाउदो लोकप्रिय कलाकार नारायण ढकालको नयाँ गीत सालैजो सार्वजनिक भएको छ । धेरै गीतमा मोडलिङ गरेका ढकाल अभिनयको क्षेत्रका सफल मानिन्छन् ।
ढकालले पछिल्लो समय बङ्लादेशी गीतमा पनि अभिनय गरेका छन् । यतिबेला फेरि उनको नयाँ गित सालैजो सार्बजनिक भएको हो । नारायण ढकाल र अहिले चर्चित अनि ब्यस्त मोडेल करिष्मा ढकालको यो गितमा उत्कृष्ट अभिनय रहेको देख्न सकिन्छ ।
यस गितमा बिरबल ढकाल र निता गुरुङको आवाज रहेको छ भने शब्द सृजना रमेश बिजिको रहेको छ । यो भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोको बजार ब्यबस्थापन शितल म्युजिक प्रालिले गरेको छ ।
हेर्नुस् भिडीयो :






