गोरखा, २९ साउन ।
कोरोना भाइरसबाट संक्रमित भएका गोरखाका एक पुरुष नागरिकको उपचारको क्रममा आज निधन भएको छ ।
धार्चे गाउँपालिका वडा नं. ५ गुम्दा अन्तर्गत साविक वडा नं. ४ का ५१ वर्षिय करमान गुरुङको निधन भएको हो ।
उपचारको क्रममा गुरुङको भारतको गुजरात भन्ने स्थानमा निधन भएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।





