साउन ३० कास्की । कास्की जिल्लाको हाइड्रोपावरमा कार्यरत गोरखा जिल्ला घर भएका सिभिल इञ्जिनियर शुक्रबार मृत अवस्थामा भेटिएका छन् ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका घर भएका ३६ वर्षीय अमीत पन्त शुक्रबार दिउँसो अन्दाजी १२ बजे कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। २ क्युरोखोलामा मृत अवस्थामा भेटिएका हुन् ।
मादी गाउँपालिका वडा नं। २ स्थित सेती खोला नामार्जुन हाइड्रोपावरमा सिभिल इञ्जिनियर पदमा कार्यारत पन्त शुक्रबार राति खाना खान हिँडेका उनका साथीले बताएका छन् । त्यस पछि बेपत्ता भएका उनको शव आज दिउँसो खोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।





