
साउन ३१, गोरखा, पालुङटार । पालुङटार नगरपालिका वडा नं. ४ की ३२ वर्षिय महिलामा कोरोना संक्रमण भएपछि आजदेखि नगरपालिका सिल गरिएको छ । पालिकाले आजबाट अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । संक्रमित महिलाको सम्पर्कमा रहेका ७ जनाको स्वाव संलकन गरी परीक्षणका लागि पठाइएको नगरकी उप्रमुख पम्फा बसेलले बताईन । घर छोडेर अन्यत्र नगएकी महिलामा संक्रमण भएपछि
नगरपालिकाले सुचना जारी गर्दै अत्यावश्यक सेवाहरू स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति आवश्यक सेवामा खटिने कर्मचारीहरु, एम्बुलेन्स, औषधि, खाद्यान्न, तरकारी, पानी, बिजुली बाहेक अन्य सबै कार्यालय, उधोग, व्यवसाय, बैंक, वित्तीय संस्था, मेला, जात्रा, आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।





