
साउन ३२ गोरखा ।
चुमनुब्री गाउँपालिकामा यतिबेला गहुँ काट्ने समय भ भएको छ । २०७६ साल असोज महिनामा छरेको गहुँवाली ११ महिना पछि काट्नका लागि योग्य भएको हो । समूहगत रुपमा खेती गर्ने यहाँको चलन पुरानै हो ।
सबैले एकैसाथ आलोपालो गरेर खेती लगाउने र थन्क्याउने गर्दछन् । घ्याप्पो ( बालिनाली हेर्ने मुख्य मानिस) को आदेश विना आफ्नै नीजि स्वामित्वको बालीसमेत काट्न नपाईने चलन यहाँ रहँदै आएको छ ।
घ्याप्पोको आदेश विना कसैले गहुँ काटेमा उसलाई गुम्वाको आँगनमा सबै जना जम्मा गरी जरिवाना तिराउने चलन रहँदै आएको छ ।
छेकम्पार लगायतका चुम उपत्यका यतिबेला काम गर्न सक्ने मानिसहरु खेतबारीमा मात्रै भेटिने अहिंसा क्षेत्रका अभियान्ता निमा लामा बताउँछन् ।
साउन दोश्रो सातादेखि गहुँ काट्न सुरु भएको स्थानीय लोप्साङ फुन्जो लामा बताउँछन् । गहुँ काट्ने समयलाई एउटा पर्वकै रुपमा लिइने उनले बताए । चुम उपत्यकाको तिन हजार मिटर उचाईमा माथि पनि गहुँ, गहुँ, आलु , फापर खेति हुने गर्दछ ।





