तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

मङ्लबार, भदौ २, २०७७
0
109

भदौ २, गोरखा । कोरोना भाईरस पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
तनहुँ ब्यास नगरपालिका वडा–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको र साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो । उनको गए राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको कास्की सेवा अस्पतालका सञ्चालक डा‌. पदम खड्काले जानकारी दिए ।

पोखराका अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पुर्याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here