भदौं ३, गोरखा । गोरखामा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका ४ मा ५० बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको नगरपालिका नगर स्वास्थ्य अधिकृत कृष्ण अधिकारीले जानकारी दिए ।
ट्राभल्स हिष्ट्री हेर्दा चितवन पुगेर फर्किएको देखिन्छ, उनले भने, वडा नम्बर ४ मा भानुबाट आएका एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा उनको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइको थियो ।
बुधबार संक्रमणको पुष्टी भएका पुरुषको सम्पर्कमा रहेकाहरुको विहीवार कन्ट्रयाक्ट ट्रेसिङ गरि स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी भइरहेको नगर स्वास्थ्य अधिकृत अधिकारीको भनाई छ । सोही दिन कन्ट्रयाक्ट ट्रेसिङ गरिएको अन्य ४० जनाको भने रिर्पोट आउन बाँकी रहेको नगर स्वास्थ्य अधिकृत अधिकारीको भनाई छ ।






