भदौं ३,काठमाण्डौ । नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाको कार्यकाल ६ महिना थप भएको छ । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।
जुममार्फत् सम्पन्न भेलाले यस्तो निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । ‘नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको ३ वर्षे कार्यकाल भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महाव्याधीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय भएको छ’, भेलापछि विष्टले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
भेलामा केन्द्रीय समितिको तर्फबाट अध्यक्ष गोविन्द आचार्यले गरेका केही प्रस्ताव परिमार्जन सहित भएको जनाइएको छ ।





