काठमाडौँ । अभिनेत्री पूजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको तीन भाषा (नेपाली, नेवारी, स्पेनिश¬) फ्युजनमा आधारित गीत ‘डार्लिङ तिमी बाला’ सार्वजनिक भएको छ । गीतमा पनि सन्तोष विक्रमकै स्वर रहेको छ ।
गीतको भिडियो ललितपुरको मङ्गलबजार आसपासमा छायाँकन गरिएको छ । भिडियोलाई फिल्मका सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । थुप्रै फिल्मको सम्पादन गरे्का खानको निर्देशनमा यो डेब्यु प्रोजेट हो । गीत राम्रो लागेर भिडियो आफैले निर्देशन गरेको शाहिलले बताए ।






