केकीको ‘चोखो माया’मा परे दीपेन्द्र

बिहिबार, कार्तिक २०, २०७७
0
258

काठमाडौं । अभिनेत्री केकी अधिकारी र मोडल दीपेन्द्र सोनामको रोमान्स रहेको म्युजिक भिडियो ‘चोखो माया’ सार्वजनिक भएको छ ।  ईन्दिरा बोगटीको शब्द रहेको गीतमा गायिका अन्जु पन्त र गायक तथा मोडल दिपेन्द्र सोनामको स्वर रहेको छ भने संगीत चिरन्जीवी भण्डारीले दिएका छन् ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा उत्सब दाहालको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ । भिडियोमा प्रेमी प्रेमिका बीच मायामा शंका उत्पन्न भएपछि आउने उतार चढाव देखाउन खोजिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here