Home Breaking News काठमाण्डौबाट साेति जादै गरेकाे वस तान्द्राङमा दुर्घटना हुदा पाँच जना...

काठमाण्डौबाट साेति जादै गरेकाे वस तान्द्राङमा दुर्घटना हुदा पाँच जना घाइते

बुधबार, पुस १, २०७७
0
375

गोरखा १, पौष ।गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान रात्रीबस दुर्घटना हुदा ५ जना गम्भीर घाइते भएका छन् । काठमाण्डौबाट आरुघाटको सोती तर्फ जादै गरेको ग १ ख ९४४६ नम्बरको बस सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

बस सडकबाट करिब २० मिटर तल खसेको उहाँको भनाई छ । दुर्घटनामा परि धार्चे गाउँपालिका–६ का बर्ष ५०का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ बर्षका उत्तम पुडासैनी, बर्ष ३० का मनोज पुडासैनी, बर्ष २९ का उज्वल पुडासैनी, धार्चे गाउँपालिका केरौजाकी ३२ बर्षिय कान्छी गुरुङ गम्भीर घाइते भएका छन् । घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाई छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाइको छ भने २ जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रमुख ढकालले बताए  ।

NO COMMENTS